Thursday, October 5, 2017

व्यङ्ग्य कविता : तटस्थ

कुरा यताको चुसुक्क सुन्छु
एहे ! हो त नि भन्छु
उताको कुरो छसक्क चाख्छु
ओहो ! त्यै त है भन्छु
सही को ? को गलत ?
म के जानुँ
म के भनुँ
तटस्थ रहन्छु
त्यसैले त दहिचिउरे कहिन्छु ।

- आबिष
 

No comments: