Friday, October 6, 2017

कविता : घण्टा

कविता : घण्टा
------------------------------
ट्याङ-टुङ ट्यङ-टिङ गर्दै
बज्छ घण्टा मन्दिरमा
मधुर ध्वनी निकाल्दै
तर घण्टा पिटिईन्छ
हर्दम
अनी त निस्किन्छ ध्वनी
यो पिटाइ ऊ चुपचाप सहन्छ
यही सहन्शिलता अन्तत:
ईशले मन पराउँछन्
अरुको खुशीको लागि
आफू पिटिईनु नै
नियती हो उस्को र ऊ जस्तोको ।

- आविष्कार

No comments: