Tuesday, July 31, 2018

मुक्तक : जीवन

~आविष्कार

सरस थियो जीवन
सरल थियो जीवन
यौवन आयो लथालिङ्ग भताभुङ्ग गर्दियो
सनक थियो जीवन ।। 

गजल : चाँडै आउँछु भन्थी

गजल : चाँडै आउँछु भन्थी
~आविष्कार

परदेश गइ फर्केर चाँडै आउँछु भन्थी
टाढा भएपनी माया सँधै लाउँछु भन्थी

दूरी सतहको मात्र हो मन मै सँग छ
प्यासी उ प्रित पिउन मतिरै धाउँछु भन्थी

गीत : कुर्दा कुर्दै जीवन बित्यो

गीत : कुर्दा कुर्दै जीवन बित्यो
~आविष्कार

कुर्दा कुर्दै जीवन बित्यो
भर्दा भर्दै जीवन रित्तियो

जहाँ छोड्या थ्यौ त्यहीँ छु अझै
बिर्सनलाई यादहरु गोड्दै छु अझै

Tuesday, July 24, 2018

अप्सरा गिरीका दुई मुक्तकहरु

~अप्सरा गिरी भारती~

मुक्तक : नारी

लक्ष्मी, सरस्वती, दुर्गासँग दाँज्छन्
धर्ती सृस्‍टिकर्ता उपमाले माँझ्छन्
समानाटकओ सपना मुनाउन नपाउँदै
जिम्मेवेरए देखाएर फेदैबाट भाँच्छन् ।।

Thursday, July 19, 2018

मुक्तक : धार

हरेकले कुनै भार सम्हालेकाछन्
हरेकोले कुनै धार समातेकाछन्
भारले थिचिएर धारमा पारीँदा चटक्कै छिनिएला
हरेकले कुनै मार सहिरहेकाछन् ।।
- आ'बिष'कार

Wednesday, July 18, 2018

छोक : प्रतिक्षा

छोटो कविता(छोक) : प्रतिक्षा

आशा सबै मारेर
इच्छा सबै त्यागेर
बैभवसागरको किनारमा लुछिँदै
सौर्यतालाई सुन्यतामा अलप गराउँदै
शिकारी असमयमै समयको शिकार भएर

Monday, July 9, 2018

कविता : विश्वास

कविता : विश्वास
~आ'बिष'कार
हर कर्म
हर अकर्मण्यता
हर शब्द
हर नाता
हर आस्था
हर अबिश्वास
हर शून्य
हर निराकार
हर आकार स्वरुपमा
अनन्त
विश्वाश भरिन्छ
तब न 
ईश बन्छ ।

(7-9-2018)