Wednesday, July 18, 2018

छोक : प्रतिक्षा

छोटो कविता(छोक) : प्रतिक्षा

आशा सबै मारेर
इच्छा सबै त्यागेर
बैभवसागरको किनारमा लुछिँदै
सौर्यतालाई सुन्यतामा अलप गराउँदै
शिकारी असमयमै समयको शिकार भएर
कान्तीहीन दीप्तीहीन अस्तौँदो प्रभाकर सरी
ऐकान्तिकताको तिक्ततामा पल भुलाउँदै
अन्तिम घुट्को जिन्दगीको पिउँदै
भन्छिन् बिचरा बा
छोरो अझै आएन ?


No comments: