Tuesday, July 31, 2018

गीत : कुर्दा कुर्दै जीवन बित्यो

गीत : कुर्दा कुर्दै जीवन बित्यो
~आविष्कार

कुर्दा कुर्दै जीवन बित्यो
भर्दा भर्दै जीवन रित्तियो

जहाँ छोड्या थ्यौ त्यहीँ छु अझै
बिर्सनलाई यादहरु गोड्दै छु अझै
बग्दा बग्दै जीवन थुन्नियो

हर ठाउँ पुग्छु तिम्रै झल्को आउँछ
मुटुले रोकिँदै बिरह राग गाउँछ 
बल्दा बल्दै जीवन सक्कियो ।।

No comments: