Tuesday, July 31, 2018

गजल : चाँडै आउँछु भन्थी

गजल : चाँडै आउँछु भन्थी
~आविष्कार

परदेश गइ फर्केर चाँडै आउँछु भन्थी
टाढा भएपनी माया सँधै लाउँछु भन्थी

दूरी सतहको मात्र हो मन मै सँग छ
प्यासी उ प्रित पिउन मतिरै धाउँछु भन्थी

उस्को विश्वाश, आस्था, ईश माया हो
मनको थानमा हरदम मलाई पाउँछु भन्थी

छुट्टीएर रहे चखेवा रोई रही न्याउली
मिसिएर तिसँगै राग बिराग गाउँछु भन्थी

नियती नै घाती,जात-थिती नै माथि 
आगोको घरमा खरको छाना छाउँछु भन्थी

परिवेषको ब्रित्तले घेरिएर घिटीघिटी हुँदा
हार खाएँ प्रितम, आफैलाई अब गुमाउँछु भन्थी ।।

 

No comments: