Monday, September 28, 2020

मुक्तक : बिहे

 मुक्तक :
कसैले भागेर गरे
कसैले मागेर गरे
बिहे, प्रितको धूनी बाली अहोरात्र
कसैले जागेर गरे ।

Tuesday, September 22, 2020

मुक्तक : स्वाभिमान

 मुक्तक :
मालिकको घर ढुक्छ
अपरिचितलाई भुक्छ
हड्डी र रुखो सहानुभूति पाउन
स्वाभिमान बेची झुक्छ ।  

9/22/2020

Monday, September 21, 2020

मुक्तक : खुशी

मुक्तक
पोखरीमा पानी जम्दा खुशी हुने दिन आयो
कार्यलयमा काम बन्दा खुशी हुने दिन आयो
तार्न ल्याएको नयाँ समय मार्न आए पछि 
भोकभोकै सास गन्दा खुशी हुने दिन आयो ।
9-21-2020

मुक्तक : भजन

 मुक्तक :
कुरा सुन्न हैन सुनाउन मज्जा आउँछ
काम गर्न हैन गराउन मज्जा आउँछ
पत्रिका, सामाजिक सञ्जाल निथ्रुक्क बनाएर
भजनमा रुज्न हैन रुजाउन मज्जा आउँछ । 

9/21/2020

Friday, September 18, 2020

मुक्तक : सम्झना

 प्रितका परेलीमा तैरिएर भुल्छु
मनका तरेलीमा फैलिएर भुल्छु
नाता मै टुङ्गिनुपर्छ सम्बन्ध भन्ने छ र
सम्झनाका ठेलीमा गहिरिएर भुल्छु ।

Thursday, September 17, 2020

मुक्तक : सगरको मेघा

मुक्तक : 
ऊ भित्र पनि जलन छ, म भित्र पनि 
ऊ भित्र पनि मन छ, म भित्र पनि 
मौन उकुसमुकुस सगरको मेघाबाट टाढा हुने 
ऊ भित्र पनि सघन छ, म भित्र पनि ।   
#मौनाबिष

Saturday, September 12, 2020

मुक्तक : हेराई

मुक्तक :
एकपटकको भेटमै मलाई मापी सकेछ
भेट नहुँदै फेरि, मनमा केही छापी सकेछ
कसैले कसैलाई कसरी हेर्छ, चिन्छ, बुझ्छ ?
सद्गुणमा अवगुणको आवरण खापी सकेछ।
-आ'बिष'

#मौनाबिष #judgingpeople

Thursday, September 3, 2020

हाइकु

सूर्य उदायो
यौवनपूर्ण ओज
अन्त्यमा अस्त ।