निलो,
कालो,
रङ्गिन,
असिमित,
परिवर्तनमय,
आभासी,
चिसो,
प्रचण्ड सूर्य लुक्न सक्ने
स्निग्ध चन्द्र सुत्न सक्ने
पिलपिले ताराहरु खेल्न सक्ने
तर
पनि धरालाई दोलाईँ
ओडाइ सौम्यताका साथ
घमण्ड रहित
घात सहेर
उ पृथ्वीको साथ नछोड्ने
बाचा गर्छ
त्यसैले म आकाश बन्न चाहन्छु
मलाई आकाश बनाइदेउ ।।
No comments:
Post a Comment