Wednesday, August 29, 2012

कविता : तिमी मेरो सामु आउनु

मन कुँडिएको पल , आश चुँडिएको पल
तिमी मेरो सामु आउनु मलाई अँगालोमा बाँध्नु 

माया च्यातिएको पल , विश्वाश फाटीएको पल
तिमी मेरो सामु आउनु मलाई मधुर प्रेमरस पिलाउनु 

मुटु रित्तिएको पल, जीवन चर्किएको पल
तिमी मेरो सामु आउनु मलाई मायामा डुबाउनु

सम्यम चिरिएको पल, भावना गिँडिएको पल
तिमी मेरो सामु आउनु मलाई आँखामा लुकाउनु

समय पागल भएको पल, सोँच बादल भएको पल
तिमी मेरो सामु आउनु मलाई भाका बनाइ सुसाउनु

रात अनिदो भएको पल, उत्कट जलन भएको पल
तिमी मेरो सामु आउनु मलाई शितल स्‍मृतिमा खेलाउनु 

त्रिष्णा आकाशीएको पल, सम्झना बतासीएको पल
तिमी मेरो सामु आउनु मलाई मुस्कानमा झुलाउनु  

इच्छा बलत्क्रित भएको पल, बर्तमान तिरस्क्रित भएको पल
तिमी मेरो सामु आउनु मलाई भोलीमा भुलाउनु

परिस्थिती झुक्किएको पल, भाग्य चुक्कीएको पल
तिमी मेरो सामु आउनु मलाई निरिह भगवान बनाउनु

तिमीबाट टाढिएको पल, जीवनसंग आत्मा बाँडिएको पल
तिमी मेरो सामु आउनु मलाई खरनी बनाइ सिउँदोमा सजाउनु ।।

-आ'बिष'

No comments: