Wednesday, May 9, 2012

कोही नेपाली भएनन

नेपालमा सब्बै भये तर खै कोही नेपाली भएनन
एकलाइ ठेस लागेर लड्दा अर्का उठाउन गएनन्

हरेक मान्छे धनको धनि देश कंगाल नै रह्यो
हिजोका हामी-हाम्रो आज म - मेरो मात्र भयो

रगतले सजाएको सपना नै कौडीमा बेचीएछ  
आमाको छातीमा हात हालेर सिमाना फेरी मिचीएछ

खेत-बारी मैदान बन्न हतारो गर्दैछन
जोत्ने ति हातहरु सपना बोकेर हराउदैछन्

यहाँ ब्वाँसाहरु खेल खेल्न मै ब्यस्त अनि मस्त छन्
शायद अमुक निर्धा भेडाहरु हेर्न मै अव्यस्थ छन्

चारै दिशा घुमी घुमी कचौराहरु तेर्सिरहेछन
मन्दिरको कमाई याद रहे भगवानलाई त बिर्सिरहेछ्न

नेपालमा सब्बै भये तर खै कोही नेपाली भएनन
एकलाइ ठेस लागेर लड्दा अर्का उठाउन गएनन् ||

-आ'बिष'

No comments: