Thursday, June 27, 2019

कविता : शून्य

कविता : शून्य
~आविष्कार

नाम थियो
दाम थियो
जग हँसाउन बदनाम थियो
देखाउने दाँत टिलिक्क थियो
अनुहार व्यवहार झलल थियो
आँत हर्-हर् थियो
तडप पल-पल थियो
छड्किँदो भावनाको बाछिटा डाम्थ्यो
उहापोह जलन भयावह हुन्थ्यो
हरेक हात दूर अझ दूर देख्थ्यो
तैरिने साहरा जलाई के सेक्थ्यो
ऐकान्तिक पल नीर शेचन गर्थ्यो
लटक्क जमेको बाँध अटसमटस गर्थ्यो
फुट्दो बाँधमा चाप बढ्दो थियो
असीमित अव्यक्त बादल थुप्रिरह्यो
हुँण्डरी एकाएक आयो
बाँध चिराचिरा पर्दै गयो
भात्कियो, तहसनहस भयो
अन्धकारमय शून्यमा बिलिन भयो ।

No comments: