Monday, June 24, 2019

पाँच हाइकुहरु

पसिना धारा
धरा अझै प्यासी छे 
आकाशे पानी ।
***************
आस्थाको राँको
सिउँडीको बगैंचा

बिद्रुप गुरु ।
**************
उत्पत्ती गाथा
ईतिहास लेखियो
शक्ती कै भक्ती ।
**************
दर्पण हेर्छ
छायाँ गगनै भरी
सिंधु गमक्क ।
*************
सगरमाथा
हिउँको पछ्यौरी छ
पीडा ढाक्नुछ ।

No comments: