Wednesday, June 12, 2019

गीत : माया गर्छु भन्ने हरु

बिर्सिन्छन् मायालाइ यहाँ माया गर्छु भन्ने हरु
रित्तिन्छन् अथाह सागर प्रितको भर्छु भन्ने हरु

अस्ताउँदो सूर्यको अर्थ कान्तिहीन दिन हैन
मिठो आभास मधुर याद लुट्छन मनको चैन
ए मुटु छोडी जाने निष्ठुरी एक फेर मुटु सम्हालेर हेर
तर्सिन्छन् मायालाइ यहाँ माया गर्छु भन्ने हरु ।

ऋतु शिषिर आउँदैमा बसन्त सुस्ताउँदैन 
भिजेका यादको तरेली मुटुमा बिझाउँदैन
साथ छुटेर मर्ने माया भन कसरी रापिलो होस्
पिल्सिन्छन् मायालाइ यहाँ माया गर्छु भन्ने हरु ।
-(Bol Written on April 22, 2014)
Completed on 6/12/2019

No comments: