Tuesday, January 29, 2019

गजल : भिजाउँछे सानी

भिज्दिन भन्छु भिजाउँछे सानी
रिझ्दिन भन्छु रिझाउँछे सानी ।

भागुँ म, कहाँ भागुँ अब
आउँदिन भन्छु डोहोर्याउँछे सानी ।

कटाक्षले रेटिएर घायल दिल
देखाउँदिन भन्छु सुम्सुम्याउँछे सानी

टुनामुना मन्त्र-तन्त्र के गर्यौ ?
डुब्दिन भन्छु डुबाउँछे सानी ।

माया त दोधारे तलबार हो कि ?
लाउँदिन भन्छु लोभ्याउँछे सानी ।

सम्हाल्नै नसकी गुजुल्टिएको पल
खुल्दिन भन्छु सुल्झ्याउँछे सानी ।

आजन्म भार तिम्रै दैलोमा बिसाउँ ?
पोखिन्न भन्छु बगाउँछे सानी ।।

-आबिष

No comments: