Friday, January 11, 2019

गजल : प्यासी मन साजै छ

~आविष्कार

रसिलो कसिलो प्यासी मन साजै छ
नरम प्रेमिल सम्बन्धमा पनि धाँजै छ
 
नजरको बाण चिरेर जान्छ दिल
चोट त्यो मुटुमा अझै ताजै छ

हाँसोको उन्ले जो गुलाबले हिर्काई
मीठो पीडामा पनि अवाक नाजै छ

सिंहासनमा प्रितको श्रिपेच लगाइ
शोषन हैन तिम्रो एक्छत्र राजै छ

मायाको खेती गर्ने तिमीलाई थाहा होला
मलिलो भएपनी मुटु यो बाँझै छ ।।

No comments: