Wednesday, January 16, 2019

गजल : आफ्नो ठान्दिन

~आविष्कार

मलाई ऊ अझै आफ्नो ठान्दिन
किन हो अझै आफ्नो मान्दिन ।

परेलीमा सपना शायद अरु नै थियो
बिपना मेरो, ऊ आफ्नो गन्दिन ।

प्रितको प्रेतले पिशाच बनाउँछ
गीत मेरो, ऊ आफ्नो भन्दिन ।

राज गर्नु शासन गर्नु हो
मन मेरो, ऊ आफ्नो जान्दिन ।

पुरिएको मन 'आविष्कार' भई तिम्रो भयो 
साथ मेरो, ऊ आफ्नो छान्दिन ।

No comments: