Wednesday, May 1, 2019

कविता : दृष्‍टिकोण

कविता : दृष्‍टिकोण
~आविष्कार

जिज्ञासु तिउरीले मेहेन्दीसँग सोध्यो
रङ्ग तिमी पनि भर्छौ र म पनि
गाढा तिमी पनि छौ र म पनि
जगमा तिम्रो गुनगान म किन अद्रिश्य 
जनमा तिम्रो भजन म किन  अदृष्ट
मेहेन्दीले भावहिन भएर भन्यो
तिमी एउटा झार म पनि त्यही
तिमी रङ्गको सार म पनि त्यही
तिमी पनि पिसिन्छौ
म पनि पिसिन्छु
यौवनमा तरङ्ग, शुभसाइतमा उमङ्ग म भर्छु 
बालापनको चञ्चलता अबोधतामा तिमी हराउँछौ 
अस्तित्व नै फरक
परिवेष नै अलग
तिमी तिमी छौ र बालापनमा रङ्ग छ
म म छु र यौवन उल्लासपूर्ण छ
दुबै खुल्ला छौं, छद्म केही छैन
दुबै एकै छौं, स्वाङ्ग केही छैन
म तिमी हुँ
तिमी म हौ
फरक छ त केव
मात्र दृष्‍टिकोण फरक छ ।
5-1-2019

No comments: