Sunday, May 5, 2019

कविता : यादको सम्झना

कविता : यादको सम्झना

याद हो आईदिन्छ
सोध्दैन
खुरु खुरु, सरासरी आईदिन्छ
न निम्तो चाहिन्छ
न इज्जत चाहिन्छ
निठुरी बनी पुराना करौंतीहरु
धार लगाउँदै सुस्त सुस्त रेट्दै
मिठो निरिह हिजोमा डुबाउँदै
घिटी घिटी नहुन्जेल आईरहन्छ
बरु सम्झना राम्री
बोलाएको बेला सुटुक्क आउँछे
निमग्न सेवा गर्छे घुटुघुटु मिठो पल पिलाउँछे
अनी आँफै गईदिन्छे
यादले सम्झना बोलाउँछ
त्यस बखत पनि आउँछे यसै लोलाएर
अनवरत समर्पित हुन्छे
अनी मौन फर्की दिन्छे
न घोच न पेच न ऐठन
बस् याद हो जो पेचिलो छ
नमिठो छ ।
5-5-2019

No comments: