Tuesday, March 12, 2019

गीत : माईत चाँडै जाउँ हिँड

गीत : माईत जाउँ हिँड
~आविष्कार

माईत चाँडै जाउँ हिँड अब किन कुर्नु
छोरी भनी घाऊ खाटा सँधै किन पुर्नु ।।

पलाँस फुल्छ गुराँस झुल्छ बसन्ती काया
नाम फेरी अनेकौं जोड्छौ तिमी माया
पोख सारा मनका व्यथा बिसाउ बेदना  

जलप लगाई भन अब समय किन जुर्नु ।।

भित्र तिमी बाहिर तिमी पोखिएर सकिन्नौ
मेला तिमी चुलो तिमी जोतिएर देखिन्नौ
जन्म नारी भएरै भो बन्धनको छाँया 
अपलक बगेर भन अब तिमी किन झर्नु ।।

No comments: