Tuesday, March 19, 2019

लोक गीत : रुमालमा हावा फुरुरु

लोक गीत : रुमालमा हावा फुरुरु 
~आविष्कार

इनारमा रित्तो बाल्टिनी चोपेको 
तिम्ले मुया लाजले मुख छोपेको
रुमालमा हावा फुरुरु 
मुया मन मेरो उड्छ भुरुरु ।

बादल आई आकाशलाई छोपेको
तिम्रो मुया मनमा छ रोपेको
रुमालमा हावा फुरुरु 
मुया मन मेरो उड्छ भुरुरु ।

आउ नत्र घर जान्छु फर्केर
मार बरु नजाउ तर्केर
रुमालमा हावा फुरुरु 
मुया मन मेरो उड्छ भुरुरु ।

एक्लो ज्यान एक्लै छ घर पनि
मुया पिरेम ओछ्याउँछु मै पनि
रुमालमा हावा फुरुरु 
मुया मन मेरो उड्छ भुरुरु ।

लजाउँछे गुराँस, हिमाल नि
देखी तिम्लाई मक्ख छिन् देउती नि
रुमालमा हावा फुरुरु 
मुया मन मेरो उड्छ भुरुरु ।

पारी बनमा डँढेलो सल्केको
भन मुया कोसँग पल्केको
रुमालमा हावा फुरुरु 
मुया मन मेरो उड्छ भुरुरु ।

माथि थानमा हरपल जपना
दिनरात मुयाकै कल्पना
रुमालमा हावा फुरुरु 
मुया मन मेरो उड्छ भुरुरु ।

No comments: