Monday, March 4, 2019

गीत : तगारो भएछ

गीत : तगारो भएछ
~आविष्कार

बल्झिन घाऊ बहाना चाहिने रहेछ
सम्झनाले नै खाटा उप्काउने भएछ ।।
**
गुलाबको लाली चोरी साँझ जब ढल्छ
रन्किएर छाती भित्र आगो तब बल्छ
याद छुरा बनी बनी चिर्छ मुटु फेरी  
सम्हाल्ने सहारा सिसी एउटा भएछ ।
**
देउरालीको चौतारी मुस्कान सँधै दिन्छ
बाचाहरु ऐंठन बनी प्रहार सम्झाई दिन्छ
सन्ध्या आई आकाशमा चरी घर फर्के 
फर्किन्छौ भन्ने आशा एउटा तगारो भएछ ।।
******************************
3/4/2019

No comments: