Thursday, March 7, 2019

कविता : कुराई

कविता : कुराई

उभ्रेको माया
उघ्रेको आकाश
धजा फाटेको
गजा छुटेको
रिझाएको
बिझाएको
पुरक मान
आत्मसम्मान
घान परेको
ज्यान ओईलेको
भुङ्ग्रो भूस्को
कम्प पूस्को
कस्तो परिपुरक
सस्तो परिबर्तन
ङ्याक्ने तरेलि
डाँक्ने परेलि
कथा थुन्ने औंसी
सपन बुन्ने कौसि
परिबन्द औजार
नजरको बौछर
पुछारको ज्योती
ओझेलको बत्ती
यस्तै ब्यस्तै
त्यस्तै जस्तै
भयो गयो
आयो छायो
अमिलो साँधेको
मनले बाँधेको
जराको आलु
फोटे दयालु
रित्तो भित्तो
सुकिलो सितो
कल्पना अबुझ
हारेको सुझ
झिंझो याद
बोझिलो माद
अधुरा कुरा
साथमा सुरा
केही होईनन्
मेरा छँदै छैनन्
सब तिम्रा पुरा
जिन्दगी छुरा
रेटिन्छ प्रहर
मेटिन्छ रहर
भत्केको पाटी
आत्मा नै फाटी
रुङ्घछ सुर्यास्त
पिडामा अव्यस्त ।

3.7.2019

No comments: