Friday, March 8, 2019

गीत : परीधी नाघेर आउ

गीत : परीधी नाघेर आउ
~आविष्कार

परीधी नाघेर आउ तिमी
परीबन्द तोडेर आउ तिमी ।। 

हजारौँ तगाराले रोक्लान
लाखौं तर्कनाले छेक्लान
पाइला सङ्घारमा काम्ला अली
भात्काएर ऋती सारा आउ तिमी ।।

सपनालाई बिपना बनाई जिउँला
सम्झनामा नमिलुन्जेल जिउँला
छेकेका तारबार हटाउ अब अली
पन्छाएर व्यथा सारा आउ तिमी ।।

No comments: