Wednesday, February 20, 2019

गीत : मेरी माया

गीत : मेरी माया
~आविष्कार

देखीईन चाहन्न मेरी माया
पोखिन चाहन्न मेरी माया ।

गहिरो घाऊ दुख्छ अझै
आँसु गालामा सुक्छ अझै
पिडाको मधुर गीत तिम्रो
फेरी गाउन चाहन्न मेरी माया ।

नाम मुटुमा भेट्छु अझै
यादले आफैलाई रेट्छु अझै 
कोमल जिन्दगी उदारेर तिम्रो
फेरी सिउन चाहन्न मेरी माया ।
02-20-2019

No comments: