Thursday, February 28, 2019

छोटो कविता : घोषणा

छोटो कविता : घोषणा
 
उसैको सृष्टिबाट
अलिकती  सुटुक्क उस्लाई नै
सपटी लिएँ
चमत्कार फुलाएँ
पालुवा पोखाएँ
नतमस्तक च्याउहरुलाई
हाँगा र फूलहरुको कल्पनामा झुकाएँ
सारा कुहिएका उन्कै हुने
तिन्लाई केहिले नछुने
गृश्मकालिन सपना देखाएँ
अनि
मैले आफैलाई
इश्वोर घोषित गरिदिएँ ।
2.28.2019

No comments: