Monday, September 18, 2017

छोटो कविता : प्याला

छोटो कविता : प्याला
                           - आ'बिष'
--------------------
आफ्नो को छ खोज्छु
आफू नै परायाको भेट्छु
सौम्य रम्य
सम्मोहित पार्ने जीवन
प्याला भर्दै
रेत्याउँदै
फेरी भर्दै हर पल म पिउँछु
अनी परायाको त्यो आफू खोज्छु
फेरी पनि 'म' भेट्दिन
रिङ्गगिँदै फन्फनिंदै
झम्म भएर आत्माबोधको नशामा
अहम् रहित आफूलाई
एक सर्को आशाको तानेर
लमतन्न आफ्नाहरुको माझ
म ढल्छु ।
 

No comments: