Monday, February 8, 2016

लघुकथा : नेपाली छोरी

लघुकथा : नेपाली छोरी
- आविष्कार भारती 


पछाडि बेन्चीबाट एउटा कागजको चिट मलाई आयो ।


लेखिएको थिए, "तिमी साह्रै राम्री छ्यौ, मसँग घुम्न जाने हो ?"


"ट्युसन सुरु गरेकी भर्खर पाँच दिन त भयो । कोही चिनेकी पनि छैन, को होला यस्तो लेखेर चिट पठाउने ?", मनमनै सोचें अनी पुलुक्क पछाडि फर्केर हेरें । खासै हेर्न लायक र चिट्नै पठाईहल्ला जस्तो कोही थिएन । फेरी अगाडि आफ्नो पढाईमा ध्यान फर्काएँ ।

"के हो खुब आँखा तर्यौ त, फ्लाई किस दिन हो कि क्या हो ? उत्तर खै त मेरो प्रेश्नको ।", लेखिएको चिट फेरी आयो । म चुपचाप आफ्नै हिसाबमा लागिरहें । अनी हिसाब सक्किएपछी चिट मलाई दिने सहपाठीलाई सुटुक्क सोधें कस्ले दिएको त्यो चिट । उस्ले कुनामा बसेको एकजना सोझो देखिने केटा तर्फ ओठ चोसो पर्दै ऊss तेस्ले भनेर देखाइ - ईशाराले । विश्वास लागेन, हैन होला भनेर अगाडि सरले पढाएकोमा ध्यान दिएर बसें । ट्युसन सकिएपछी सबै बाहिर निस्किदै थियौं । अनी फेरी एउटा चिट मेरो हाथमा थमाइ त्यही साथीले, लेखिएको पढेर किन छोरी भएर जन्मेछु, कस्लाई भन्ने यस्तो कुरा भनेर मन पोलिरह्यो, अताल्लीरह्यो, अलिकती हच्कियो अलिक धेरै डरायो । अनी भोली पल्ट्बाट ट्युसन नै परिवर्तन गरेकी छु । त्यस चिटमा लेखिएको थियो, "(मनपरी गाली लेखेर) खुब भाऊ खोज्छेस् , तेरो भाऊ भन । म तिर्न तयार छु । (फेरी गाली) तेरो थोबडाको घमण्ड चक्नाचुर पार्छु पख् । भोली ट्युसन पछी घर त फर्कने एक्लै होस् नि ।"


तिमीबाट तँ हुँदै तथानाम गाली खाएर पनि चुप्चाप सहेर, लजाएर, हच्केर, डराएर बस्ने सहन्शील अनी सुशिल - म एउटी नेपाली छोरी । 
 
(Published in MOLUNG LAGHUKATHA SANGGRAHA - Falgun 2073)
 
(Also Recited in Himalaya Radio - listen to that audio.)


No comments: