Saturday, January 30, 2016

लघुकथा : शहीद

~आविष्कार भारती


भोलीको गृहकार्य "शहीद" शब्द वाक्यमा बनाएर ल्याउने - गुरुले आज्ञा गरे । भोली पल्ट जम्मा ५ जनाले गृहकार्य गरेर ल्याएछन् । गृहकार्य नगर्नेका कि त राहतका कापी सकिए रे, कि त जाडोले काठयाङ्ग्रेर हात नै सरेन रे । जस्जस्ले ल्याए तिन्का वाक्य यस्ता थिए :

पहिलो विद्यार्थीले लेख्यो - शहीद - हाम्रो घर नजिकको बाटोमा एउटा हाँस गाडीले हानेर शहीद भयो ।


दोश्रो विद्यार्थीले लेख्यो - शहीद - पुलिसले हावाइ फायर गर्दा उडिरहेको काग शहीद भयो ।



तेस्रो विद्यार्थीले लेख्यो - शहीद - पछील्लो हफ्ता रातको अन्धकारमा धुन्मुन्निएर नरे दादा शहीद हुनुभयो ।


चौथो विद्यार्थीले लेख्यो - शहीद - नेपालमा हरेक दिन शहीदहरु बिना कारण मर्छन ।


अन्तिम विद्यार्थीले लेख्यो - शहीद - मैले शहीदलाई चिनेको छैन तर मैले "शाहीद"लाई चिनेको छु । 

नोट : शाहीद - हिन्दी चलचित्रका अभिनेता हुन्

No comments: