Tuesday, January 26, 2016

लघुकथा : दूरी

"फेस्बूक छ, स्काईप छ, भाइबर छ, ह्वाट्सयाप छ, फोनकार्ड छ, ईमेल सप्पै छ तर पनि हामी किन टाढा छौ ?" उस्ले एक दिन आमुन्ने समुन्ने भेट भएको बेला भनी हाली ।

मूर्तस्वरुप चुपचाप मौन बस् उभीईरहें घोस्से मुन्टो लगाउँदै जुत्तामा लागेको हिलोमा आँखाले कोट्याउँदै ।

"यत्रा सम्पर्कका माध्याम छन तै पनि हामी सबै कती टाढा टाढा छौं हगि आज।",रन्थन्नीएको बेला अर्को एक थपी उस्ले ।

के उत्तर दिऊँ उसलाई म -
ऊ र उसको जीवन छर्लङ्ग अन्तर्जाल भरी छरिएको छ । उसको प्रेम बसेको, मन टुटेको, जीवनको रसमा डुबेको, फेरी प्रेम बसेको, विवाह भएको, सन्तान भएको हरेक हरेक कुरो फकेबुकमा देखेको छु । कहाँ पुगेर के गरिरहेकी छे सब त्यहाँबाट थाहा हुन्छ । अब कुरा गर्नलाई के नै पो बाँकी रहन्छ र ? कसरी सोधौं बुझ्पचाएर तिमीलाई कि तिमी कस्ती छ्यौ भनेर ? झन नजिक ल्याउने माध्यमहरुले नै दूरी बढाईरहेको आज म के भनुँ तिमीलाई ? तिमी नै भन म टाढा किन छु ।


- आविष्कार भारती

No comments: