Tuesday, February 23, 2016

लघुकथा : सिधा हाथ

~आविष्कार भारती~


पहिलो :  ऊ ऊ ऊ त्यहाँ आउँदै छे हेर् त । 

दोश्रो :  ए ! केटा हो लोला तयार गर है टार्गेट आउँदै छ, निथ्रुक्क पारेर पठाउन पर्छ , पर्सी होलीमा निस्किने हैनन् यि । 

तेस्रो : कती जना छ वोई ?
पहिलो : ३ जना छन्

तेस्रो : लु लु, ला समा यो प्लास्टिक कहाँ लोला भर्ने झंझट गर्ने ।

दोश्रो : वोई ! यो त धमिलो पानीले भरिएको छ त । 

तेस्रो : जे सुकै छ त्यही छ, हान तेरा बजैहरुलाई झट्ट । भाग्छन फेरी । 

सप्पैले एक्कै फेर लोला रुपी फोहोर पानीले भरिएको प्लास्टिकले हान्छन् तर एउटीलाई पनि लाग्दैन । हल्का पानीका छिट्टा मात्र पर्छ र छतमा बसेका तिनैजनालाई छड्के आँखाले हेर्दै भाग्छन् ति टार्गेटहरु ।

अनी पहिलो र तेस्रोले टार्गेटमा नलागेको देखेर रिसको झोकमा मन पारी बोल्दै, आफ्नो बच्चाहरुलाई घाममा पल्टिएर दुध खुवाईरहेकी कुकुर्नीलाई ताकेर जोडले त्यही प्लास्टिकको फोहोरपानीले हान्छन् । 

त्यो कुकुर्नी आफ्न छाउरा-छाउरीहरुलाई दुध खुवाउन छोडेर कुईंsssकुईंsss गरेर भाग्छे । अनी दोश्रालाई हेर्दै पहिला र तेश्राले आफ्नो शर्टको कल्दर यस्सो माथि उठाउँदै भन्छन्,"देखिस हाम्रो हात कस्तो सिधा छ ।"


लघुकथा : सिधा हाथ
आविष्कार भारती
 
(Published in MOLUNG LAGHUKATHA SANGGRAHA - Falgun 2073)

No comments: