Thursday, February 11, 2016

लघुकथा : मूर्तीको गन्थन


लघुकथा : मूर्तीको गन्थन
~आविष्कार भारती

एकफेर सप्पै नेपालबाट हराएका, भेट्टाईएका र फर्काईएका मूर्तीहरुको सम्मेलन भएछ । सबै एक से एक भएर आएका रहेछन । कोही अम्रिकाबाट, कोही फ्रान्सबाट, कोही जापानबाट, कोही अस्ट्रेलियाबाट, कोही लन्डनबाट अनी अरु धेरै ठाऊँबाट र केही चैं नेपालबाट नि भेला भएका रहेछन । तही हुलमा पर कहिं घ्वाङ घ्वाङ खोकेको आवाज आउँदै थियो अनी सानो सानो समूह बनाएर अलिअली खासखुस नि गर्दै थिए ।

"आमामामा ! धेरै पछी पो भेट भयो त पर्भु हजुरहरु दुबैसँग त १९८४मा नेपाल छोडे देखुन भेट्भाकै हैन ? कता पो हुनुहुन्छ हौ आज्काल ?", भनेर विश्वनाथले उमा-शंकरलाई पछाडिबाट कुममा हाथ राख्दै भनेछन ।


कुममा हाथ अलिक जोरले नै राखेछन क्यार, उमा-शंकर आफ्नो हाथमा रहेको पेय पदर्थ छ्चल्किनबाट बचाउँदै, "ओहो !

विश्वनाथ प्रभो सञ्चै ? अनी अहिले कता त हजुर ? युरोप कि अमेरिका ? मिठो सुगन्ध आको हिसाबले त युरोप नै होला हैन ? अनी पाटनबाट हराको - मेरो मत्लब बसाइ सर्नु भाको त सुनेको हो मैले ।"

अनी तेही बेलामा गरुड सहित लक्ष्मी-नारायण नि जमघटमा बल्ल तल्ल आएछन, "हैत ! यो काठमाडौंको धुलोले गर्दा गरुडजीले उड्नै नसकेर । झन्नै क्र्यास गरेका । १९८४मा नेपाल छोडे देखिन फ्रान्सको संग्रहालयमा रहेको नेपालको हावा पानी नै नपच्ने भएछ । तैट ! ", भन्दै ।

पाटनबाट नेपाल छोडेका र भक्तपुरबाट नेपाल छोडेकाको कुरो पशुपतीको त्यो पुलपारीको बिच बाटोबाट हराएका शिव लिङ्गले ठिङ्ग उभिएर सुन्दै रहेछन अनी शरीर नेपालमै छोडेर टाउको मात्र नेपाल छोडेकी सरस्वतीलाई कानमा खास्खुस के के भन्दै रहेछन । यस्तैमा नेपालबाट छोडेर जान आँटेका बेला फर्काईएका चारुमती बिहारका बुद्ध त रातो पिरो भएर खोक्दै राहेछन् । अनी भन्दा रहेछन, " असत्ती हरु आफुमात्र गए परदेश , हम्लाई चाँही यहीं छोडेर उता मोज गर्न । आफुहरु चाँही उता स्वर्गमा बसेर मलाई चैं यो मैले नै फेरी शान्ती खोज्न हिंड्न पर्ने मेरो जन्मभूमीमा छोडे । "

यस्तैमा एक्जाना प्वाक्क बोलेछन,"पख्नुस् न, पख्नुस् ! भर्खर भूकम्प आएको छ । नाकाबन्दी भएको छ । सबै अर्कै धुनमा मग्न छन् । अब धेरै साथी मूर्तीहरु हामीसँगै बिदेशी हावा खान पाउन हुनेछ । तपाईं निश्चिन्त हुनुभए हुन्छ । "



Lost Statues :
Bishwanaath - 17th-century statue disappeared from the Vishwanath temple in Patan
Uma-Maheshwor - 12th century statue disappeared from Nasamana Tol, Bhaktapur in 1984,Musée Guimet museum
Shiva Linga - Shiva Linga stolen from pashupatinath in 1987
Saraswati - 12th century statue head was stolen from Saraswati statue in 1980
Laxmi-Narayan-Garuda - 12th century Laxmi Narayan Garuda stolen from Chyaasalhiti, Patan on 1984,Musée Guimet museum
Buddha - Charumati Bihar, Chabahil was stollen and was brought back in 1990s

No comments: