जिन्दगीको दुई भारी दाउरा
एकभारी मेरो-मेरोको आगोमा जोतियो
अर्को भारी मलाई मलाईको चुलोमा कोचियो
अन्तमा खोजें आगोको त्यो तातो
न बाँडियो आफ्नाहरुलाई न्यानो
न दिईयो अरुहरुलाई तातो
बस्
दाउराको धुवाँले आँसु आँसु भो जीवन
खरानी न मेरो भो न कसैको
हाथ लाग्यो सुन्ना,
खै हजुर यस्तै भयो जीवन।
-आ'विष'
No comments:
Post a Comment