दूssर-देशको कर्मथलोमा तिम्रो "आदर्श" पछ्याउँदै
कठ्याङ्ग्रीलो बिपना, ठिहिराउँने कल्पनाकासाथ
केही गर्छु केही हुन्छु भन्ने सपनाका न्यानो ओढ्ने ओढ्दै
तिम्रा "आशिष"हरुकासाथ पाइला बढाईरहेको थिएँ
तिम्रा "अनिशा"मयी आँखाहरुको तेजले रम्य समयको "अभिशेष" गरिरहेका थिए
अचानक एउटा भुईंचालो आयो, गयो
तहस-नहस पर्दै जगलाई,
हल्लीयो सारा "आएशा" अनी तिनका "आविष्कार"हरु, सङ्ग्रहहरु, यादहरु
भातभुङ्ग-लथालिङ्ग जताततै असरल्ल केही बुझ्नै सकिन
के भयो ? के हुँदैछ ? अवयव नै बुझ्नै सकिन
निथ्रुक्क रुझे भोलीहरु नयन"रोमी"का नूनिलाकणबाट,
तर
हर औँसी पछी एउटा "रुकेश" आउँछ,
सुरम्य प्रकाश सम्झाएर जान्छन् यो एउटा "लीला" हो
यो एउटा चक्र हो
यो एउटा रङ्गमञ्च हो
हर दिन एउटा "चिरन"का साथ
त्यही रुकेशको प्रकाशका साथ
अघी बढ भन्छ आफ्नो एउटा “आभा “ लिएर लीला गर भन्छ
चिरनका साथ लीला गर भन्छ ।।

अर्थ:
आएशा - जीवन
अनिशा - उज्यालो
रुकेश - पूर्णिमा
रोमी - नूनिलो समुद्रिक पानीको बाछिटा
चिरन - आशा
-12-12-2016
Note : श्रद्धेय हजुरबुवा(बुवा) "लीला प्रसाद भारती"मा समर्पित । BOLD गरिएको अक्षर उहाँका नाति-नातिनीका नाम हुन् र "चिरन" मेरी हजुरआमाको नाम हो । "आभा" चाँही पनातिनीको नाम हो ।
No comments:
Post a Comment