Tuesday, September 11, 2018

गीत : दोष

गीत : दोष
~आविष्कार

नभनेको कुराले मन पोल्दो रहेछ
नगरेको कुराले जीवन जल्दो रहेछ

औँसीमा पनि एक्लो रात आँसु पोख्दो रहेछ
निभेको आशा बल्छ कि भनी जिउँदो रहेछ

आफ्नै लाग्ने दु:खहरु पिडा बनी घोच्दो रहेछ
ओईलिएको विश्वाश झङ्गिन्छ भनी सोँच्दो रहेछ

जलेको घरले खरानीलाई दोष लाउँदो रहेछ
आगो त सँधै चोखो चोखो हुँदो रहेछ ।।

No comments: