Tuesday, September 11, 2018

नेपाली प्यारोडी गीत : ईश्वर तैंले लगेर फेरी कसरी

नेपाली प्यारोडी गीत : ईश्वर तैंले लगेर फेरी कसरी

~आविष्कार

लय : ईश्वर तैले रचेर फेरी कसरी बिगारिस

ईश्वर तैंले लगेर फेरी कसरी फर्काईस् ?
पतीको भूल छोपेको तेस्तो कसरी उघारीस् ?
ती भूल हरे देखाई उस्लाई कसरी फर्कैइस् ?

हे सासु आमा बिहेमा गर्दा निर्दोष मुहार
ति मुहार भईदेलिन यस्ती भन्ने थिएँन बिचार
डर लाग्दो मुहार
पृथ्वी तिर नहेर प्रिए म चाँही आउँदिन
आँखामा आशु लिएर चिनो म यतै बसछु
प्रेमको हिरा बेचेर तल म यतै बसछु

[कसरी खायो आगोले दिदि बोसोको शरिर
कसरी खायो बिचरो आगो तेतरो शरिर] २

म कहाँ पाऊ ति सुनलाई झट्टई बताउ
गहना सारा लुकाको काँछ झट्टैइ बताउ

हे मेरी आमा अब त म यहाँ बस्दिन
म यहाँ अब बस्दिन आमा म यहाँ बस्दिन
म यहाँ अब बस्दिन बुढी म यहाँ बस्दिन

हे मेरा भाई ति तिम्री प्रिए मरेकी छैनन् ति
ज्योतिको सुरो लिएर गईन बगैचा बसन्ती
स्वर्गका चरा गाऊछन् उनको मधुर जएंती

पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदि मलाई
मुसुक्क हाँसी उँभो पो हेर्दै जिस्काउँला तिनीलाई
हे दैब फिर्ता नपठा तिन्लाई धन्ने छ तलाई
हे दैब फिर्ता नपठा तिन्लाई धन्ने छ तलाई


(यो गीत एउटा पीडित पतीको पत्नी स्वर्गबास पछी भगवानले फेरी पृथ्वीमै फर्काउन लाग्द पतीको बिनिती हो । लागे पागे बुढीको दोष , काल्पनीक सत्य पीडित पतीको पुकारा)

--------------------ORIGINAL SONG--------------
ईश्वर तैले रचेर फेरी कसरी बिगारिस
 
ईश्वर तैले रचेर फेरी कसरी बिगारिस
सृष्टिको फूल रचेर तेस्तो कसरी लतारिस
त्यो फूल हरे मलाई दिई कसरी पचारिस
 
हे दिदि मैले ति मुना देख्दा मुनाको मुहार
ति मुना पनि मर्द छिन्भन्ने थिएँन बिचार
मुना छातीको जुहार
पृथ्वी तिर नहेर मुना म पनि आउछु
आँखामा आशु लिएर चिनो म भेट्न आउछु
प्रेमको हिरा छुटेको तल म लिई आउछु
 
[कसरी खायो आगोले दिदि कमलको शरिर
कसरी खायो निठुरी भई कमलको शरिर] २
 
म कहाँ पाऊ ति मुनालाई छातीमा लगाऊ
खरानी तिनको मलाई देऊन छातीमा लगाऊ
 
हे मेरी आमा हे मेरी मुना म यहा बस्दिन
म यहा अब बस्दिन आमा म यहा बस्दिन
म यहा अब बस्दिन मुना म यहा बस्दिन
 
हे मेरा भाई ति तिम्री मुना मरेकी छैनन् ति
ज्योतिको सुरो लिएर गईन बगैचा बसन्ती
स्वर्गका चरा गाऊछन् उनको मधुर जएंती
 
पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदि मलाई
म रुने छैन गएर भोलि भेटुला तिनीलाई
हे दैब पर्दा चाडै नै उठा धन्ने छ तलाई
हे दैब पर्दा चाडै नै उठा धन्ने छ तलाई
 
शब्द: महाकवि लक्ष्मीप्रसाद देवकोटा
स्वर: नारायण गोपाल

No comments: