Tuesday, September 11, 2018

गजल : काली थिई ऊ

~आविष्कार
काली थिई ऊ अलिकती
जाली थिई ऊ अलिकती

भरिली बहिरबाट, भित्र 
खाली थिई ऊ अलिकती

रिसाए पनि अगाडि, मायालु
ताली थिई ऊ अलिकती

कल्पनामा हराउने, आफै फूल
माली थिई ऊ अलिकती 

मित्रताको भोक त्रिप्त गर्ने
बाली थिई ऊ अलिकती

रहर सजाउने रङ्गीन 
लाली थिई ऊ अलिकती ।।

No comments: