Friday, November 16, 2018

कविता : सुन्यौ ?

कविता : सुन्यौ ?

रोपाईंबाट थाकेको त्यो रोपाहा बाउसे
रुन्दारुन्दा एकोहोरो पल्टेको त्यो सारंग्गी
मझेरीमा एकसुरले चिच्याईरहेको त्यो फ़ट्यनग्ग्रो
सबले त आफ्नो श्रम रोपेर कविता फलाई रहेछन,
सुन त ! सुन्यौ ?
बुझेनौ होला शायद
ति तिम्रा भाषामा जो छैनन्
ति तिम्रा साँचामा जो छैनन्
कोशिशरत यो लठुवाले
भरमग्दुर सुगारटाई पछि
परिहासबाट चुटिनबाट बाँच्न
अभिनय गर्दै छ बुझेको .

No comments: