Friday, November 16, 2018

कविता : झिल्को

कविता : झिल्को

भएकोले पुरिएकाहरु
नभेकोहरुको जमात अगाडि
आशाको र आसको दीप जगाई
फू गरि निभाईदिन्छन्
अनि अतृप्ति अभावले एउटा
क्रान्तिको झिल्को जन्मन्छ
सोहोरेर लान्छ, भस्म पारेर जान्छ
सारा असमानताहरुलाइ ।

No comments: