Tuesday, November 6, 2018

कविता : कैदी

कविता : कैदी
~आविष्कार

घरको खोपामा रङ्गहिन सपना गुम्सिँदै थियो
स्वत्रन्त्र आकाशमा रङ्गीन चरा उड्दै थियो
स्वत्रन्त्रताले सपनालाई सुटुक्क कोट्याएर सोध्यो
के म बिना तिमी छट्पटाएकी छैनौ ?
ढोकाको कुनौटोबाट छिरेको एक धर्को किरणमा
उडेका स-साना धुलोका कण हेर्दै
फुङ्ग उडेका अतितको पच्चाप हेर्दै
संबेगशून्य भाव, आशारहित आवाजमा
भनिन्
आस निभेको अन्धकारको कैदीलाई
छट्पटाहट भनेको के हो के थाहा ?

No comments: