Wednesday, May 31, 2017

कविता : बुझक्की उनिहरु


था छ भन्छन सबै सबै उनिहरुलाई
थाहा होला त भात्किएको घरको काहानी उनिहरुलाई
थाहा होला त सल्किएको आशाको काहानी उनिहरुलाई
था छ भन्चन सबै सबै उनिहरुलाई
बुझुन कसोरी,
बुझाउँ कसोरी म
यो पिडा
यो जलन
यो उकुसमुकुस
यो तरल विश्वास
यो अनिश्चितता
यो च्यापिएको सास
आफूबाट उम्किने सतह छैन
आत्माबोधको कुनै 
देखाउँछन् पोखरी सबै पोखिउ भनी
यो छट्पट्टीको सागर अट्ने कहाँ छ ठाउँँ
तर पनि थाछ अनी बुझ्छु भन्छन सबै सबै उनिहरु ।
- 5/31/2017

No comments: