Monday, May 1, 2017

छोक : आज मे दिवस

 आज मे दिवस
आज मज्दूर दिवस
हर मज्दूर भन्छ
आज
'म' सँग 'ज'थाभावी गरेर 'दूर' हुने दिन
कथा फलाक्दै ब्यथा बेच्दै पन्छिने दिन,
बिदेशी पैसा मेरा नामका लठ्ठीले झार्ने दिन
अनी हरेकका अनुहारपुस्तिकामा
'ह्याप्पी मज्दूर डे एभ्रीबडी"
भनेर डुक्रिने दिन,
अनी
भोको विश्वाश र प्यासी आशा बोकेर
चर चर फूटेका हिजोका साथमा
धुमिल परेलाले झिमझिम गर्दै हेरिरहेको
कलीला भावीलाई डोहोर्याउँदै 
हर्हराएको आँत लिएर गिँडिएको हक कुरिरहेको
मज्दूर म
चुपचाप आफ्नै काममा मग्न जोतीईरहेने दिन ।
आज मे दिवस
आज मज्दूर दिवस । 
- आ'बिष'    #आज_मे_दिवस

No comments: