Wednesday, May 3, 2017

छोटो कविता : स्वतन्त्रता

~आविष्कार भारती

बचेराहरु एउटा हाँगोको गुँडलाई जिम्मा लगाएर
चाराको खोजीमा दूर आकाशमा उढ्छे
सकी नसकी पखेटा फैलाएर हावालाई अङ्गालो हाल्छे
छिचोल्दै हर संकट, व्यवधान
बँच्दै धर्तीमा फाल हाल्छे
मुख भरी बुजो बोकेर
मतृत्वले छताछुल्ल भएर बत्तिँदै गुँडमा पुग्छे
कर्तव्यपरायणताको उदाहरण दिन्छे
अनी हामी त्यस सङ्घर्षलाई स्वतन्त्रताको नाम दिन्छौं ।

- मे ३, २०१७ 

No comments: