Monday, May 8, 2017

हास्य-गजल : ज्वाँईँ


~आविष्कार भारती

तिमी अम्रिकन खैनी प्रिये, म मडुवा सुर्ती
तिमी मख्मली लेहेङ्गा प्रिये, म पोलिस्टरको कुर्ती

एक दर्शन मात्रले पनि रमरम हुन्छु  
तिमी स्वप्न सुन्दरी प्रिये, म मद्होश मुर्ती ।।

चिनेको छु तिमीलाई भनेर धाक खोक्या छु
तिमी मृगनयनी हेराइ प्रिये, म त्यसैको फुर्ती ।।

तिम्रो बा'ले ज्वाँईँ खोज्याछन् रे, आउ कुरो मिलाउँ
तिमी पुल्पुलिएकी एक्ली छोरी, म त्यही पोस्टको परीपुर्ती ।।  
 

No comments: