मुक्तक : शिक्षा
शिक्षकलाई जागिर पकाउनुको टण्टा छ
विद्यार्थीलाई प्रमाणपत्र बकाउनुको टण्टा छ
शिक्षाको स्तर उँधो लम्किँदो छ निरन्तर, तैपनी
अगुवालाई मेरो-मेरा फकाउनुको टण्टा छ ।
Thursday, January 14, 2021
मुक्तक : शिक्षा
Monday, January 11, 2021
चार हाइकु
जमेको ताल
भित्र चञ्चल माछा
गहिराईमा ।
************
सिमल भुवा
हावासँगै उड्दै छ
नवआँकुरा
**********
Wednesday, January 6, 2021
Muktak : ईतिहास
देखाउछन भत्किएका ति दरवारले
बताउञ्छन रित्तिएका ति घरबारले
कथा पूर्खाको जिवितै छ, ईतिहास
सम्झाउञ्छन बत्तिएका ति तरबारले
muktak : जिवनमा
सबैको हुन्छ दु:ख जिवनमा
सबैको हुन्छ सुख जिवनमा
ढकमक्क छौ अहिले भन्दैमा
नचलाए हुन्छ मुख जिवनमा
Thursday, December 31, 2020
muktak : सम्बन्ध
अरुलाई सम्बन्ध भारी नहोस् कहिले
जाँची हेर आफैलाई आफूले पहिले
पुष्प बनि पल्लवित होस्, सुगन्ध छरोस्
चुप्चाप चडेर ईशको पाउमा जहिले
Tuesday, December 22, 2020
मुक्तक : भष्म
झिल्को नभए नि आगो बल्छ
मनले आफैलाई पलपल छल्छ
लाग्दो हो भष्म हुन्छ,रोकिन्छ समय तर
कोही नभए नि संसार चल्छ ।
मुक्तक : दोष
कस्सैले दोष दिंदैनन् मतिलाई
सबै दोष जति बिचरी सतिलाई
नेपाल होस् या अरु कहिँ यस्तै छ चाला
भन्नुस् बुझाउने कुरो यो कतिलाई ।
Friday, December 11, 2020
मुक्तक : नेता
भूलेर खेला जुलुसमा जान्छन् जनता
थुनेर भोक आश्वाशन खान्छन् जनता
पछिलाग्नु रहर, बाध्यता या स्वार्थ उस्को
चिम्लेर आँखा नेता छान्छन् जनता ।
मुक्तक : झिल्का
मुक्तक: झिल्का
जाने त गयो, आँसुको भङ्गालो दिएर गयो
जाने त गयो, यादको अङ्गालो दिएर गयो
झिलिक्क झिल्का झैं झल्किई, आगो लगाई
जाने त गयो, जलनको सङ्गालो दिएर गयो ।
मुक्तक : सङ्किर्णता
मुक्तक
झिल्का नै आगोको बीउ हो
शङ्का नै बिनासको निउ हो
सङ्किर्णता हिमपर्वतको शिर मात्र अनि
देखावटिपन त्यसैको जिउ हो ।
Subscribe to:
Posts (Atom)