Wednesday, September 30, 2015

कविता : एउटा प्रेतात्मा

शुन्य समयको दस गाजामा उभिएर
आफ्नो अस्तित्व खोज्दै छ
चौतारी ।
खोलो तार्दाको त्यो साथि
स्वार्थ पूर्ण भयो कुनै कामको छैन
अब त्यो चिसो लठ्ठी
बस्
नयाँ परिवेश, परिबन्द, स्वादले
गिजोलेको जीवनमा पुरानो एकलासे
त्यो साथि किन पो चाहियो र ?
अतित त पुरै पुरातनबादी न हो
'वाद'हरुको हूलमा धमिल्लिएको
ऐना पुछ्दै आफ्नो अनुहारको धुलो नदेख्ने
ईतिहासका छाप अमेट्य भए पनि
आज हिजोका छायाँलाई
आज ठानी मेट्न खोज्दै
अतितको चिनोलाई तगारो मानी
यता त्यता रुमल्लीरहेको,
भट्कीरहेको
एउटा प्रेतात्मा हामी सबै ।

Saturday, September 26, 2015

कविता : आयो आयो आयो


~अप्सरा गिरी भारती~

आजकाल शब्द प्रख्यात यो छ
आयो आयो आयो
जत ततै सुनिएको जो छ ।

मुख आँ गरेर नि आएकै छ
आँफै ट्वाँ परेर नि आएकै छ
स्वाँ स्वाँ गर्दै नि आएकै छ
कहीं के त कहीं के आएकै छ ।।

कहीं भुकम्प आयो
कहीं पराकम्पन आयो

Tuesday, September 15, 2015

हाइकु : तीज

हाइकु : तीज

रताम्मे तीज
परिवर्तन सँगै
पहेंलो भयो

आ'बिष'