Sunday, June 1, 2014

कविता : अनुभूत


कता घोचेको
कता जलेको
कता पोलेको
कत के नमिलेको जस्तो
कत के नपुगेको जस्तो
अनुभूती भईरहेको छ ।
के यो उत्सुक्ता हो ?
के यो डर हो ?

के यो बिचलित भावना हो ?
खै, के हो यो ?
न पत्ता लाग्छ
न काम हुन्छ
न गीत
न कथा न कविता
केही नसुनुँ, नपढुँ जस्तो
कता कता अपूरो जस्तो 
कता कता खुशी जस्तो
कता कता सपना जस्तो
कहीं अर्ध कल्पना जस्तो
अनुभूती भईरहेको छ ।
-6-1-2014

No comments: