Thursday, November 18, 2021

कविता : मौन पहाड

कविता : मौन पहाड
~आविष्कार

अडिग मौन उभिएको छु
अपल समय बिताएको छु
मागेका कुरा सुटुक्क दिन्छु
तीता भाव घुटुक्का निल्छु
चुक्किएका सम्झनाहरू माझ
उजाड कल्पनाहरु सजाउँदै
हेर्दैछु कुर्दैछु ।

हावा आउँछ अलिकती चिमोटेर जान्छ
पानी आउँछ अलिकती रेटेर जान्छ
घाम आउँछ अलिकती डढाएर जान्छ
बेसहारा म
तर
मेरै सहारामा कती बाँचिदिन्छन
कती हाँसिदिन्छन ।

बताससँगै उडिदिन्छु
बर्षासँगै बगिदिन्छु
बुटासँगै मुनाईदिन्छु
कहीं कतै सुसाईदिन्छु
हरहरिएको आँतहरू
फत्फतिएका बातहरू
चोईटिएका यादहरू
साँचेर मौन उभिरहेछु ।
यायावर आए
केही पाए
केही सुनाए
केही पोखे
म अडिग पहाड
म निर्जिव पहाड
बिना लगाव
सुनी रहन्छु
मात्र कुरा थुनिरहछु
भित्रै कुरा बुनिरहन्छु
मौन सबै सुनिरह्छु ।

No comments: