Tuesday, October 5, 2021

मुक्तक : भुल्दै जान्छ

कहाँबाट आएको भुल्दै जान्छ चुसेर भविष्य फुल्दै जान्छ जरा बिर्सिएर रुख बाँच्न सक्दैन शक्तीको मातमा झुल्दै जान्छ १०-०५-२०२१

Thursday, April 1, 2021

मुक्तक : जरा

धोईएर बाहिर, भित्र मैलिन्छ साँघुरो मन लिई फैलिन्छ पलाउँछ टुप्पोबाट अनी जरा गडेकाहरुको खै'लिन्छ ।

Saturday, March 6, 2021

मुक्तक : माझा

सबलाई नामको राजा हुनुछ
ठाम्कुठाम बज्ने बाजा हुनुछ
आफू उडुँ माथी, अरुलाई चैट गरुँ
यस्तै धारिलो माजा हुनुछ ।

Thursday, February 11, 2021

लघुकथा : कन्फिडेन्स

लघुकथा : कन्फिडेन्स
~आविष्कार

प्लेनमा तीन सिट्मा म छेउ, उ बिच्च र उहाँ झ्यालमा थियौं । मैले भने, परदेशको यात्रामा अरुको ठाउँ, मलाई केही बोक्नै डर लाग्छ । ओठ लेप्र्याउँदै उस्ले भन्यो, "त्यही भन्या अर्काको ठाम् के हो के हो । म त केही कहिले झुक्किएर पर्यो कि भनेर थर थर हुन्छु।" उहाँले भन्नू भयो,"पहिलो पटक साउदी जाँदा म नि त्यस्तै थिएँ, गुट्का लगेको, खैनी लगेको, समात्ला भन्ने कत्रो पिर। अनि पछिल्लो पटक अम्रिका जाँदा माछा, मासु, अचार, खाना छ ब्याग्मा भन्यो है। मैले ब्याग भरी भए नि कन्फिडेन्स्का साथ छैन भन्दिएँ। आखिर कन्फिडेन्स भन्या कन्फिडेन्स हो नि ।" अनि यति भनेर उनी मपाईंत्वको मुस्कानमा फुरुक्क फुले ।

Thursday, January 14, 2021

मुक्तक : शिक्षा

 मुक्तक : शिक्षा
शिक्षकलाई जागिर पकाउनुको टण्टा छ  
विद्यार्थीलाई प्रमाणपत्र बकाउनुको टण्टा छ
शिक्षाको स्तर उँधो लम्किँदो छ निरन्तर, तैपनी
अगुवालाई मेरो-मेरा फकाउनुको टण्टा छ ।

Monday, January 11, 2021

चार हाइकु


जमेको ताल
भित्र चञ्चल माछा
गहिराईमा ।
************
सिमल भुवा
हावासँगै उड्दै छ
नवआँकुरा
**********

Wednesday, January 6, 2021

Muktak : ईतिहास

 देखाउछन भत्किएका ति दरवारले  
बताउञ्छन रित्तिएका ति घरबारले
कथा पूर्खाको जिवितै छ, ईतिहास
सम्झाउञ्छन बत्तिएका ति तरबारले

muktak : जिवनमा

 सबैको हुन्छ दु:ख जिवनमा
सबैको हुन्छ सुख जिवनमा
ढकमक्क छौ अहिले  भन्दैमा  
नचलाए हुन्छ मुख जिवनमा

Thursday, December 31, 2020

muktak : सम्बन्ध

 अरुलाई सम्बन्ध भारी नहोस् कहिले
जाँची हेर आफैलाई आफूले पहिले
पुष्प बनि पल्लवित होस्, सुगन्ध छरोस्
चुप्चाप चडेर ईशको पाउमा जहिले

Tuesday, December 22, 2020

मुक्तक : भष्म

 झिल्को नभए नि आगो बल्छ
मनले आफैलाई पलपल छल्छ  
लाग्दो हो भष्म हुन्छ,रोकिन्छ समय तर  
कोही नभए नि संसार चल्छ ।