म भगवान नमान्ने मान्छे, तिम्रालागी मान्न थालेकोछु,
म केही नमाग्ने मान्छे, तिम्रालागी माग्न थालेकोछु ।
हर कोषमा जीवन सञ्चार हुँदा नाम तिम्रै जप्छ
म कोही नभज्ने मान्छे, तिम्रलागी जप्न थालेकोछु ।
शिखर चाडदै गर्दा, क्षितिजमा ओझेल परीछिन् उनी
म कसैलाई नकुर्ने मान्छे, तिम्रालागी अड्न थालेकोछु ।
यादहरु सम्झना बनी कल्पना-बिपना जलाउँछन्
म जल्दै नजल्ने मान्छे, तिम्रालागी बल्न थालेकोछु ।
फर्की आउँछौ कि कहीं-कतै सुस्तरी भनी पर्खन्छ मन
म कहिले नजाग्ने मान्छे, तिम्रालागी जाग्न थालेकोछु ।
No comments:
Post a Comment