Wednesday, June 27, 2018

कविता : नृत्य

कविता : नृत्य
~आविष्कार

कर्मसँग
धर्मसँग
शर्मसँग
मर्मसँग
रसाएर वा रिसाएर
समयको ईशारामा
निहुर्मुन्टी लगाएर
मग्न छन् अनित्य नृत्यमा । (6/27/2018)

No comments: